इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी लघुवित्तद्धारा भुकम्प पिडितहरुलाई राहत वितरण



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संंस्था लिमिटेडले भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । लघुवित्तले शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समुह नं ०७६, ०७७, ०७८, ०८०, ०८१ का ग्राहक सदस्यहरुको परिवारमा घर, गोठ आदीमा धन जनमा क्षति पु¥याएकोले त्यस स्थानमा रहेका ५२ घरपरिवारका सदस्यहरुलाई आर्थिक राहत वितरण गरेको हो ।

पुस १ गते पश्चिम रुकुम जिल्लाको त्रिवेणी गाँउपालिका वडा नं ९ को रुकुम पेउघामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम यस संस्थाकी सदस्य गिता नेपालीको अध्यक्षतामा त्रिवेणी गा पा वडा नं १० का स्थानिय जनप्रतिनिधी वडा अध्यक्ष सेरमन खड्काका साथै सोहि गाउपालिका वडा नं ९ नुवाकोट प्रहरी चौकिका हवल्दार तोप बहादुर खड्का र सहायक प्रहरी हवल्दार शेर बहादुर शाहीको विशेष उपस्थितमा सम्पन्न भएको अनुगमन अधिकृत अमृत लामिछानेले जानकारी गराए ।

गत कार्तिक १७ गते नेपालको पश्चिम क्षेत्र अन्र्तगत जाजरकोट नलगाड नगरपालिकामा विनासकारी भुकम्प गएको थियो ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १२:३३