सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १२:०५