सेयर बजार परिसूचक पाँच महिना यताकै उच्च बिन्दुमा, ५ अर्ब ९८ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार परिसूचक पाँच महिना यताकै उच्च बिन्दुमा, ५ अर्ब ९८ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उच्च अंकले बढेर उकालो लागेको छ। आज बजार ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको हो । जुन करिब पाँच महिना यताकै उच्च विन्दु हाे ।

गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा रहेको थियो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ।

३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

कारोबारमा सबै समूहको उपसुचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २९.८९, विकास बैंक ५७.४७, वित्त ७.२८, होटल ३९५.१८, जलविद्युत १८.९७, जीवन बीमा ३५०.५५, उत्पादन तथा प्रशोधन २५३.६६, माइक्रोफाइनान्स ५८.७२, निर्जीबन बीमा समूहको उपसूचक २२८.०६ अंकले बढेको छ । कारोबारमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ। कम्पनीको आज ३७ करोड ४३ लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार १५:३७