हकप्रद जारी गर्ने प्रस्तावसहित सगरमाथा जलविद्युत कम्पनीले डाक्याे साधारणसभा, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हकप्रद जारी गर्ने प्रस्तावसहित सगरमाथा जलविद्युत कम्पनीले डाक्याे साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु गर्ने निर्णय गरेको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन ।

सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : ३ पुष २०८०, मंगलवार १४:२८