काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । प्राइमले आर्थिक वर्ष २०७८/७९ मा ८.९५५ लाभांश वितरण गरेको थियो ।
Comment