प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको सेयर सूचीकृत भएको छ । प्रभुसँग मर्ज भएर अब नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको हो ।

दुई कम्पनीले १ बराबर १ को सेयर स्वाप रेसियोको आधारमा मर्ज भएर कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जरपछि ‘पीएमएलआई’ संकेतमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यसको सेयर कारोबार ५८७ रुपैयाँ खुला हुनेछ ।

प्रकाशित : २ पुष २०८०, सोमबार १६:३३