हकप्रद ल्याउने प्रस्ताव सहित माउन्टेन हाइड्रोले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हकप्रद ल्याउने प्रस्ताव सहित माउन्टेन हाइड्रोले बोलायो साधारण सभा



काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा गर्ने भएको छ । सभा पुस २३ गते कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुने जनाएको छ।

सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । यसले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव अघि सारेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २ पुष २०८०, सोमबार १३:४६