मिलिजुली कालिञ्चोक साकोसमा नयाँ कार्यसमिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मिलिजुली कालिञ्चोक साकोसमा नयाँ कार्यसमिति



दोलखा । चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको ३०औं वार्षिक साधारण सभाबाट कृष्ण बहादुर गौतमको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

साधारण सभाबाट संचालक समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरुणा बस्नेत (श्रेष्ठ), सचिवमा ठाकुर प्रसाद पाठक, सहसचिवमा अर्जुन प्रसाद चौलागाई र कोषाध्यक्षमा सुरेशचन्द्र खड्का निर्वाचित हुनुभएको छ ।

संचालक समितिमा देवेन्द्र अर्याल, लक्ष्मी थापा, नवराज रिजाल, पुष्कर कुमार श्रेष्ठ, अनिता खड्का श्रेष्ठ, बिनिता सुवेदी भण्डारी, रविलाल श्रेष्ठ, राजेश उप्रेती, रमेश चौलागाई, रुद्रजंग बुढाथोकी, शारदा थापा र सुजन काफ्ले सदस्य चयन हुनुभएको छ ।

यसैगरी साधारण सभाले नारायण प्रसाद सापकोटाको संयोकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । समितिमा भीमसेन बस्नेत र फत्त बहादुर श्रेष्ठ सदस्य रहनुभएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जनाउनुभएको छ ।

प्रकाशित : १ पुष २०८०, आईतवार १६:११