प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । प्राइम कमर्सियल बैंकको ४९ हजार ७१७ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । हाल प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको संस्थापक सेयर लिलामी बिक्रीमा आएको हो ।

कम्पनीको संस्थापक सेयरको न्यूनतम मूल्य १२० रुपैयाँ तोकिएको छ । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय थापाथलीमा पुस ६ गतेसम्म आवेदन दिन सकिने छ । हालका संस्थापक तथा अन्य व्यक्ति वा संघसंस्थाले पनि गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्ने छन् । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ ।

प्रकाशित : १ पुष २०८०, आईतवार १४:५८