उपराष्ट्रपतिद्धारा चन्द्रागिरि केबलकारको भ्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

उपराष्ट्रपतिद्धारा चन्द्रागिरि केबलकारको भ्रमण



काठमाडौ २२ फागुन  । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा  उप राष्ट्रपतिे चन्द्रागिरि डाँडामा अवस्थितभालेश्वर महादेव मन्दिरको दर्शन समेत गरेका छन्  ।

ऐतिहासिक, धार्मिक तथापर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकनगर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका थिए  ।

प्रकाशित : २२ फाल्गुन २०७३, आईतवार ०९:०९