बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विभिन्न आयोजनामा लगानी गर्न एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म सेयर धनी दर्ता किताब बन्द गर्ने पनि बताएको छ । सभा आगामी पुस २९ गते आइतबार ११ बजे कार्कि ब्याङक्वेट, बबरमहलमा हुनेछ । कम्पनीले अघिल्लो आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित : १ पुष २०८०, आईतवार १२:२२