गत वर्ष २० प्रतिशत लाभांश दिएकाे साधना लघुवित्तका सेयरधनीकाे यस वर्ष हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गत वर्ष २० प्रतिशत लाभांश दिएकाे साधना लघुवित्तका सेयरधनीकाे यस वर्ष हात खाली



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले यस पटक सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । साधनाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रकाशित : १ पुष २०८०, आईतवार १०:२६