नेप्सेले पूँजीबजार सम्बन्धि निबन्ध प्रतियोगिता आयोजना गर्दै, बिजेतालाई २५ देखि ७५ हजारसम्मकाे पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेले पूँजीबजार सम्बन्धि निबन्ध प्रतियोगिता आयोजना गर्दै, बिजेतालाई २५ देखि ७५ हजारसम्मकाे पुरस्कार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा पूँजीबजार सम्बन्धि निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिताको लागि ‘नेपालमा सुदृढ पूँजीबजारका लागि लगानीकर्ता साक्षरता’ भन्ने शिर्षक रहेको छ।

उक्त प्रतियोगितामा भाग लिनका लागि नेपालका विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज तथा क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले भाग लिन सक्ने छन् ।

उक्त शिर्षकको निबन्ध आगामी पुस १५ गते भित्र आइपुगिसक्नु पर्ने पनि नेप्सेले बताएको छ। नेप्सेका अनुसार निबन्ध कम्तीमा २ हजारदेखि बढीमा २ हजार ५०० शब्दको हुनु पर्नेछ। निबन्ध नेपाली वा अङग्रेजी भाषामा हुनु पर्नेछ ।

निबन्ध पठाउँदा अन्य ठाउँमा प्रकाशित नभएको र प्रकाशनका लागि अन्यत्र पेश नगरिएको हुनु पर्ने र अनिवार्य रुपमा अध्ययनरत कलेज र क्याम्पसको सिफारिस संलग्न गरेको हुनु पर्नेछ ।

नेप्सेका अनुसार प्राप्त निबन्धहरु मध्ये उत्कृष्टताको आधारमा प्रथम हुनेलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले नेप्सेको इमेल ठेगाना मा सहभागी हुन चाहनेले नेप्सेको इमेल ठेगाना [email protected] मा निबन्ध पठाउनु पर्नेछ ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार १६:४६