सहकारी पत्रकार समाजकाे अध्यक्षमा पुन: काजी श्रेष्ठ,सदस्यमा अर्थबजारकी दुलाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारी पत्रकार समाजकाे अध्यक्षमा पुन: काजी श्रेष्ठ,सदस्यमा अर्थबजारकी दुलाल




काठमाडौ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) काे अध्यक्षमा सहकारी खबर डटकमका काजी श्रेष्ठ निर्वाचित भएका छन् ।
सिजेएनकाे १३ आै बार्षिक साधारणसभाबाट श्रेष्ठकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विराेध चयन गरेकाे हाे । श्रेष्ठ दाेश्राे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् ।
समाजको उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा  विकास न्युजका सन्ताेष राेकाया, सह-सचिवमा मेराेलगानी डटकमकी सुधा देवकाेटा र काेषाध्यक्षमा नेपाल पत्रका माधव कुमार खड्का चयन भए ।


यस्तै सदस्यमा अर्थबजार डटकमकी नमिता दुलाल र बाह्रखरी डटकमका बलराम बुढाथाेकी रहेका छन् । समाजकाे विधान अनुसार २ सदस्य पछि मनाेनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २९ मंसिर २०८०, शुक्रबार १४:५०