नेप्से ६.५५ अंकले बढ्याे, तीन अर्ब १५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ६.५५ अंकले बढ्याे, तीन अर्ब १५ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार उकालो लागेको छ । आज नेप्से ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको हो ।

आज कारोबार भएको ३०० कम्पनीको ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर कारोबार भएको छ।

कारोबारमा आज विकास बैंक ५२.११, वित्त ६.४३, निर्जीबन बीमा ५५.७१, होटल ९.१६, जलविद्युत २४.६५ उत्पादन तथा प्रशोधन २८.४२, अन्य समूहको उपसूचक २२.५२ अंकले बढेको छ । साथै, जीवन बीमा समूहको उपसूचक १५.०३, बैंकिङ समूहको ०.३४, माइक्रोफाइनान्स १७.०४ र टेड्रिङ समूह २६.५५ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक कम्पनी, नेपाल इन्स्योरेन्स, डोल्टि पावर, मिड सोलु हाइड्रोपावर र बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु भएको मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यता गुँरास लघुवित्त, मानुषी लघुवित्त र सिवाइसिएल लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बिहीबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १५:५३