जय अम्बे स्टिलले आईपीओ ल्याउने तयारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जय अम्बे स्टिलले आईपीओ ल्याउने तयारी गर्दै



काठमाडौं । जय अम्बे स्टिलले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

साधारणसभाबाट यो निर्णय पारित भएपछि मात्रै निष्कासनका लागि कम्पनीले अरु प्रक्रिया अघि बढाउने छ । पुस २६ गतेका लागि कम्पनीले कर्पोरेट कार्यालयमा साधारणसभा बोलाएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाहको विवरण सहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित पनि गर्नेछ । त्यस्तै अधिकृत पुँजी बढाउने निर्णय पनि गर्नेछ ।

पछिल्लो समय प्रत्येक्ष उत्पादनमूलक कम्पनीहरुको सार्वजनिक सेयर निष्कासनमा सहभागिता बढ्दै गएको छ । शिवम्, घोराही, सोनापुर सिमेन्ट उद्योगका कम्पनी दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रिया पूरा हुँदैछ । अम्बे स्टिल उद्योगले पनि आईपीओका लागि प्रक्रिया अघि बढाउन साधारणसभामा प्रस्ताव लगेको हो ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १२:५७