अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट लगातार पैसा तान्दै राष्ट्र बैंक, बिहीबार फेरि २० अर्ब रुपैयाँ तान्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट लगातार पैसा तान्दै राष्ट्र बैंक, बिहीबार फेरि २० अर्ब रुपैयाँ तान्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले मंसिर २८ गते बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो।

साँवा र ब्याज भुक्तानी मिति पुस १२ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार ११:५२