साना किसान लघुवित्तको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साना किसान लघुवित्तको लाभांश संशोधन



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। संशोधनपछि लाभांश दर घटेको छ। अब यस लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि साना किसानको मंसिर २४ गते बसेको सञ्चालक समिति बैठकले भने १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

यद्दपि, नियामक नेपाल राष्ट्र बैंकको निर्देशनपछि उक्त लाभांश संशोधन गर्नुपरेको साना किसानले जानकारी गराएको छ । संशोधित लाभांश पनि नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार ११:०७