हंस बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत नारायणगढका सेयर सदस्यहरुको सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

हंस बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गत नारायणगढका सेयर सदस्यहरुको सभा सम्पन्न



काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा अन्तर्गत प्रधान कार्यालय नारायणगढका सेयर सदस्यहरुको सभा सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा मंगलबार नारायणगढ स्थित नारायणी कला मन्दिरमा साधारणसभा सम्पन्न भएको हो ।

संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गरेका थिए । राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिन प्रति दिन खस्कदै गएको र छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्दै नगर उपप्रमुख चित्रसेन अधिकारीले सहकारी विकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पारे।

साधारणसभामा भरतपुर महानगरपालिका वडा न. १ का वडा अध्यक्ष केशव महर्जन, चितवन उद्योग संघका अध्यक्ष सूर्य न्यौपाने, जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष प्रेमनाथ दुवाडी, सहकारी प्रबर्द्धन शाखा प्रमुख रोजी के.सी. लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए भने चितवन चेम्बर अफ कमर्सका गोपाल भट्टराई, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लि.का उपाध्यक्ष जयलाल श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्धक रामशरण सापकोटा, सगुन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मन्जु भट्ट पाण्डे लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साथै संस्थाका सेयर सदस्य खगिसरा खरेलले संस्थाप्रतिको आफ्नो धारणा राखेका थिए । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले आ.व. २०७९/०८० को प्रगति प्रतिवेदन र आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम एवं संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, ज्येस्ठ सेयर सदस्य, बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी गरी २९ जनालाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थागत परिचय दिदै सदस्यहरुले राख्नु भएको जिज्ञासा माथि संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले प्रकाश पारेका थिए।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १७:०३