हिमालयन ८०–२० को इकाई नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ८०–२० को इकाई नेप्सेमा सूचीकृत



काठमाडौं । ‘हिमालयन ८०–२०’ म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । हिमालयन क्यापिटल लिमिटेडेको सामूहिक लगानी कोष अन्तर्गत हिमालयन ८०-२० को १० करोड इकाई नेप्सेमा सूचीकरण गराएको हो ।

उक्त इकाई गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री गरिएको थियो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एच८०२०’ संकेत दिएको छ । यसको कारोबार बिहीबारबाट सुरु हुनेछ ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १६:०३