सामान्य अंकले बढ्याे सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामान्य अंकले बढ्याे सेयर बजार



काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज बजार २.६० अंकले बढेर १९८८.०४ विन्दुमा पुगेको छ। आज कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ।

आज बोटलर्स नेपाल, मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, कुथली बुखरी हाइड्रोपावर र सुपर माई हाइड्रोपावरको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।

बुधबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १४ करोड ६७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १५:४१