कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार कुमारी बैंकको ऋणपत्र सूचीकृत भएको छ। कम्पनीको ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । सोही ‘१० प्रतिशत केबीएल डिबेन्चर २०९०’ सूचीकरण गरिएको हो । यसलाई ‘केबीएलडी ९०’ संकेत प्रदान गरिएको छ ।

प्रकाशित : २७ मंसिर २०८०, बुधबार १५:२५