सामसुङले नेपालमा सार्वजनिक गर्‍यो सी ९ प्रो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

सामसुङले नेपालमा सार्वजनिक गर्‍यो सी ९ प्रो



काठमाडौं २१ फागुन । सामसुङले नयाँ स्मार्टफोन ग्यालेक्सी सी ९ प्रो लाई नेपाली बजारमा ल्याएको छ ।यो फोनमा ६ जीबी र्‍याम, १६ मेगापिक्सेलको फ्रन्ट र ब्याकक्यामेरा तथा ६ इन्चका डिस्प्ले राखिएको छ । पूर्ण रुपमा धातुबाट निर्मित खोल भएको यो फोनलाई सामसुङले ‘फिचर पावरहाउस’ को संज्ञा दिएको छ ।

यो फोनले स्क्रीन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । यी टप-अफ-द-लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका साथ प्रभावशाली दृष्य अनुभव पनि प्रदान गरेको छ ।

यो फोनमा ६४ जीबी अक्टाकोर प्रोसेसर, ६ जीबी र्‍याम, ४ हजार मिलि एम्पियरको ब्याट्री, ६४ जीवी आन्तरिक तथा २५६ जीवी थप्न सकिने स्टारेज उपलब्ध छ । ग्यालेक्सी सी ९ प्रो ६ जीबी र्‍याम भएको पहिलोे सामसुङ फोन हो जसले बिनाकुनै रुकावट प्रयोगकर्ताहरुलाई मल्टि-टास्किङ्ग अनुभव प्रदान गर्न सक्छ । मात्र ६ दशमलव ९ एमएमको मोटाईले गर्दा एक हातले सहज चलाउन सजिलो हुन्छ भने यसको तौल मात्र १८८ ग्राम रहेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७३, शनिबार ०७:५९