अमेरिकी डलरको भाउ उच्च विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

अमेरिकी डलरको भाउ उच्च विन्दुमा



काठमाडाै । अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार (मंसिर २६ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ । त्यस्तै, खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ । जुन उच्च भाउ हो । यसअघि मंसिर १५ गते पनि यहि विन्दुमा पुगेर डलरको भाउले रेकर्ड कायम गरेको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ ।

विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन सक्छ । समग्रमा हामीलाई डलरको भाउ महँगो हुँदा घाटा र नाफा दुवै छ । तर निर्यात व्यापारको हिस्सा निकै सानो र आयात अनुपात निकै ठूलो भएकाले घाटाको अनुपात नै बढी हुने अर्थविद्हरु बताउँछन् ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलवार ०७:४८