फरवार्ड माइक्रोफाइनान्सको सेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फरवार्ड माइक्रोफाइनान्सको सेयर बाँडफाँड



काठमाडौं २० फागुन। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निश्कासन गरेको साधारण सेयर शुक्रबार बाँडफाँड गरेको छ । आइपीओमा आबेदन दिने कुल १ लाख २६  हजार ७२७ आवेदकमध्ये २ हजार ६२ आवेदकको आवेदन रद्द भएको र बाँकी रहेका१ लाख २४ हजार ७२५ आवेदक मध्येबाट ३८ हजार ८ जनाले सेयर पाएको निष्काशन तथा बिक्रि प्रबन्धक प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ ।

कम्पनीले बाँडफाँडमा एक लाख ६ हजार रुपैयाँसम्म आवेदन दिने साना लगानीकर्तालाई गोलाप्रथा प्रक्रियाबाट १० कित्ता सेयर दिएको छ । यसभन्दा बढी रकमका लागि आवेदन दिनेले भने ०.८९ प्रतिशतको अनुपातमा सेयर पाएका छन् । सबै भन्दा बढी पाउनेले २६ कित्ता पाएको कम्पनीले जनाएको छ ।

माइक्रोफाइनान्सले माघ ९ देखि माघ १२ सम्म सेयका लागि आवेदन खुलाएको थियो । जसमा ६ लाख कित्ता सेयरमा १ लाख २६ हजार आवेदकबाट ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आवेदन परेको बताइएको छ ।

प्रकाशित : २० फाल्गुन २०७३, शुक्रबार १३:३८