लष्ट होराईजन जंगल रिसोर्टले आइपीओ निष्कासन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लष्ट होराईजन जंगल रिसोर्टले आइपीओ निष्कासन गर्दै



काठमाडौँ । लष्ट होराईजन जंगल रिसोर्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा पुस १३ गतेका लागि बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय स्वयम्भू, काठमाडौंमा उक्त दिन बिहान ११ बजे बस्ने गरी आव्हान गरेका हो । साथै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १५:०१