करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने



काठमाडौं । करिब एक वर्षदेखि बन्द भएको आन्तरिक रेमिट्यान्स कारोबार पुनः खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत आन्तरिक रेमिट्यान्स कारोबार खुला गर्ने नीतिगत व्यवस्था गरेको हो ।

मौद्रिक नीतिको समीक्षामा ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने जनाएको छ ।

गत माघदेखि राष्ट्र बैंकले हुन्डीलगायतका कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स बन्द गरेको थियो । पहिला १ लाखको सीमा राखिए पनि २०७८ फागुनदेखि भने त्यसलाई घटाएर २५ लाख गरिएको थियो । तर, बन्द गरेको एक वर्ष नबित्दै राष्ट्र बैंकले पुनः सीमा तोकेर सुरु गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १३:१९