बैंक दर र नीतिगत दर घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक दर र नीतिगत दर घट्याे



काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामार्फत बैंक दर, नीतिगत दर र निक्षेप संकलन बोलकबोल दरलाई घटाइएको छ ।

केन्द्रीय बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरेको छ । यस्तै, नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशत बाट घटाएर ३ प्रतिशत कायम गरिएको छ ।

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी यी दरहरु घटाइएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखिएको छ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार १२:११