राष्ट्र बैंकले थप्यो चैत मसान्तसम्म कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने म्याद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले थप्यो चैत मसान्तसम्म कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने म्याद



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचना र पुनरतालिकीकरण चैत मसान्तसम्म गर्न पाउने व्यवस्था गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतबस कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न सक्नेअवधि थप गरेको हो ।

जसअनुसार पुनर्संरचना र पुनरतालिकीकरणको अवधि २०८० चैत मसान्तसम्म कायम गरिने समीक्षामा उल्लेख छ । यसअघि यो व्यवस्था पुस मसान्तसम्म थियो ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार ११:५८