एक सातामै बैंक तथा वित्तिय संस्थाबाट ४५ अर्बको निक्षेप तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक सातामै बैंक तथा वित्तिय संस्थाबाट ४५ अर्बको निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सातामै ४५ अर्ब निक्षेप तान्ने भएको छ। बजारमा अधिक तरलता भएपछि बैंकले एक सातामा तीन पटक गरेर सो बराबरको रकम खिच्न लागेको हो ।

बैंकले तरलता व्यवस्थापन गर्न मंसिर २१ गते बिहीबार २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस ५ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सक्दा अधिक तरलताको अवस्था आएको छ। त्यसैले केन्द्रीय बैंकले धमाधम निक्षेप तानेको हो ।

यसअघि बैंकले मंसिर १७ गते १० अर्ब र मंसिर २० गते पनि १० अर्ब रुपैंयाको निक्षेप तानिसकेको छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १३:०२