सुनको मुल्यमा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य वृद्धि



काठमाडौं । सुनको मुल्य बिहीबार सामान्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको मुल्य भने तोलामा २० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १२:१३