चार महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १२ अर्ब ७३ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चार महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यापार १२ अर्ब ७३ करोड माथि



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन देखि कार्तिकसम्म) मा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ७३ करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो अबधिमा १४ वटा निर्जीवन बीमा कम्पनीहरुले आठ लाख ८८ हजार ८७४ वटा बीमालेख बिक्री रुपैयाँ संकलन गरेका हुन् ।

यो अवधिमा ६ वटा कम्पनीहरुले एक अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स ‘सलिको’ रहेको छ । कम्पनीले यो अवधिमा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले यो ४ महिनामा १ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी अर्ब बढी बीमाशुल्क संकलन गर्ने अन्य कम्पनीहरु शिखर ईन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइजिआई प्रूडेन्सियल र नेको ईन्स्योरेन्स रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शिखरले यो ४ अहिनामा १ अर्ब २७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा हिमालयन एभरेष्टले १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, आइजिआईले एक अर्ब ९ करोड ३७ लाख तथा नेकोले एक अर्ब ५ करोड ९५ लाख रुपैयाँ संकलन गरेको तथ्यांकले देखाउँछ ।

यस्तै, यो ४ महिनामा ८ लाख ८८ हजार ८९४ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ । जसमध्ये २ लाख ७ हजार ४१० वटा बीमालेख कार्तिक महिनामा मात्र जारी भएको हो । कर्तिक महिनामा मात्रै १४ वटा कम्पनीले २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार १४:५४