सुनकाे मुल्य ताेलामा ८०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य ताेलामा ८०० रुपैयाँले घट्याे



काठमाडौं । सुनको मूल्य बुधबार ताेलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतिताेला एक लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि मंसिर १८ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मुल्य तोलाको एक लाख २१ हजार रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १४ सय ८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १५ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार ११:४७