कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । सेयरधनी नगेन्द्र प्रसाद बिमलीको नाममा रहेको २२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे हाे । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई मंसिर १९ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयर मुल्य भने बिक्रेताले तोको बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलवार १३:२६