राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले ७ अर्बको विकास ऋणपत्र जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ’च’ बिक्री गर्न लागेको हो।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ९५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले मंसिर १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार १३:३८