मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँटको मिति तय, १२ लाखको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँटको मिति तय, १२ लाखको हात खाली



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबिएस क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गरिने तय भएको हो ।

आइपीओमा मागभन्दा १२.४८ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुनेछ । यसमा १३ लाख २२ हजार ९५४ जनाले कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १४ हजार ८०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ८ हजार १५४ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १७:१९