१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक



काठमाडौं ।नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले सात दिने अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम संकलन गर्न लागेको हो ।

उक्त निक्षेप आगामी मंसिर २४ गते परिपक्व हुनेछ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार अपरान्ह २ बजेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा पाचँ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने छ ।

अहिले बजारमा पाचँ खर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १३:३६