गुराँस लघुवित्तकाे लाभांश वितरण नगर्ने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुराँस लघुवित्तकाे लाभांश वितरण नगर्ने घाेषणा



काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको हो ।

साथै, बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने ४‍७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित : १७ मंसिर २०८०, आईतवार १२:४१