नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट



काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २०.२२ अंक घटेर १८५६.३८ विन्दुमा झरेको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।

२८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको १०.६५, विकास बैंक २१.७९, वित्त २६.५३, होटल ८१.४८, जलविद्युत ३४.६३, जीवन बीमा १००.५७, उत्पादन तथा प्रशोधन ३८.०३, माइक्रोफाइनान्स २१.४०, निर्जीबन बीमा ६५.०८, ट्रेडिङ समूहको उपसूचक ९.५८ अंकले घटेको छ ।

कारोबारमा रु रु जलविद्युत परियोजना, छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी आरबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज नेपाल इन्स्योरेन्सको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सको आज ११ करोड ६७ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

प्रकाशित : १४ मंसिर २०८०, बिहीबार १५:५०