जीवन बीमा कम्पनीहरुकाे बीमा शुल्क संकलन २१.१६ प्रतिशतले बढ्याे, नेपाल लाईफ अग्रस्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा कम्पनीहरुकाे बीमा शुल्क संकलन २१.१६ प्रतिशतले बढ्याे, नेपाल लाईफ अग्रस्थानमा



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले यस अवधिमा एक करोड ३७ लाख १४ हजार ५४७ सक्रिय बीमालेख मार्फत सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क गत असोज मसान्तको तुलनामा २१.१६ प्रतिशतले बढी हो ।

गत असोज मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३८ लाख ६४ हजार बीमालेख विक्री गरी ४० अर्ब ८० कराेड १६ लाख रुपैंया बराबरको बीमाशुल्क संकलन गरेका थिए । कम्पनीहरुले कार्तिक महिनामा मात्रै तीन लाख २१ हजार ९०८ वटा बीमालेख जारी गरी आठ अर्ब ६३ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसरी बीमाशुल्क संकलन गर्नेहरुको सूचीनमा नेपाल लाईफ ईन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाईफले यो अवधिमा १३ अर्ब ४३ करोड ७६ लाख ९४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी, बीमाशुल्क संकलन गर्ने सूचीको दोस्रो नम्बरमा लाईफ ईन्स्योरेन्स करपोरेशन नेपाल तथा तेस्रो नम्बरमा हिमालयन लाईफ रहेको छ । यी कम्पनीहरुले क्रमशः पाँच अर्ब ५६ करोड ५९ लाख र पाँच अर्ब ३६ करोड ५६ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्रधिकरणका अनुसार नेशलन लाईफले पाँच अर्ब २९ करोड ३५ लाख, राष्ट्रिय बीमा कम्पनीले चार अर्ब २३ करोड १ लाख र सूर्यज्योती लाईफले दुइ अर्ब ७६ करोड २१ लख रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । सानिमा रिलायन्स लाइफले एक अर्ब ८९ करोड, सिटिजन लाइफले एक अर्ब ७८ करोड, मेट लाइफले एक अर्ब ७१ करोड, प्रभु महालक्ष्मीले एक अर्ब ३७ करोड, आइएमई लाइफले एक अर्ब ३० करोड,

यसरी बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सन नेपाल लाईफ सबैभन्दा पुछारमा रहेको छ । सन लाइफले यो अवधिमा एक अर्ब १२ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सनलाई उछिन्दै रिलायबलले एक अर्ब २१ करोड २६ लाख बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित : १४ मंसिर २०८०, बिहीबार १५:२९