दोहोरो अंकले घट्याे सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले घट्याे सेयर बजार



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन एक अर्ब २८ करोडको सेयर कारोबार भएको बजारमा आज २८५ कम्पनीको २२ लाख ५९ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

आज विजय लघुवित्तको सेयरमूल्य उच्च अंकले बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज छ करोड २८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार १५:४८