राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको हो ।

सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको परामर्शअनुसार माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुने सदस्यको निर्वाचन गर्ने निर्णय भएको जानकारी दिइन् । बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् ।

त्यस्तै बैठकले भूकम्पप्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाशीश लेखनाथ पौडेललाई तोक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार ११:४६