सेयर बजार सामान्य अंकले ओरालो लाग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार सामान्य अंकले ओरालो लाग्याे



काठमाडौं । मंगलबार नेप्से सूचक सामान्य अंकले ओरालो लागेको छ । आजा बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा झरेको हो।

आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम छ। आज एक अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बराबरको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर कारोबार भएको छ।

आज बुद्धभुमी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, तारागाँउ रिजेन्सी होटललगायतको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक, मिड सोलु हाइड्रोपावर, विजय लघुवित्तलगायतको सेयरमूल्य उच्च दरमा घटेको छ।

मंगलबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै आठ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलवार १५:४४