त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ८५ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको सेयर भोलि अर्थात बुधबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ८९.३८ रुपैयाँदेखि अधिकतम २६८.१४ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने ‘टीभीसीएल’ दिइएको छ ।

यससँगै कम्पनीले सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा नक्सालमा रहेको उक्त क्यापिटल मार्फत हुने छ ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलवार १५:२३