एकदिन पनि टिकेन सेयर बजारको रौनक, परिसूचक ११.२७ अंकले घट्दा कारोबार रकमपनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकदिन पनि टिकेन सेयर बजारको रौनक, परिसूचक ११.२७ अंकले घट्दा कारोबार रकमपनि घट्याे



काठमाडौं । सेयर बजारको रौनक एकदिन पनि टिकेन । आइतबार दोहोरो अंकले उकालो लागेको बजार सोमबार ११.२७ अंकले घटेर परिसूचक १८९६.६७ बिन्दुमा रोकिएको हो।

आज २९० कम्पनीको एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँको सेयर किनबेच हुदाँ ६० लाख १७ हजार ३९७ कित्ता सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ भने केहीमा सुधार देखिएको छ ।

बैंकिङ समूहको ९.९७, विकास बैंक ७.७०, वित्त १३, होटल १६.२४, जीवन बीमा ९४.१२, उत्पादन तथा प्रशोधन ४०.५६, निर्जीबन बीमा ५४.५६, अन्य समूहको उपसूचक १.८४ अंकले घटेको छ । कारोबारमा होटल तथा पर्यटन १२.७७, लगानी ०.३३, ट्रेडिङ समूहको उपसूचक १०.३९ अंकले बढेको छ ।

कारोबारमा अप्पर साङ्गे हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत, शुभम पावर, विशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, थ्री स्टार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स एण्ड आयल अग्रस्थानमा रहेको छ । यस कम्पनीको सात करोड ७७ लाख ६३ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १५:४७