मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत



काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस दिन नेप्सेमा उक्त कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको थियो। सोही सेयर नेप्सेमा सूचीकृत भएको हो । लगानीकर्ताले सूचीकृत सेयरको कारोबार मंगलबारदेखि गर्न पाउने छन् ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १३:३२