सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम



काठमाडौं । संस्थागत लगानीकर्तालाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । बुक बिल्डिङ विधिमार्फत पहिलो पटक खुलेको सर्वोत्तमको सेयर संस्थाहरुलाई बाँडफाँटका क्रममा कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।

नेप्से स्रोतका अनुसार कम्पनीको मूल्यमा न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै संस्थाहरुले आवेदन दिएका थिए । कुल ४१ वटा संस्थाले ३६ लाख बढी कित्ता सेयर माग गरेका थिए ।

संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार १२:०७