सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?



काठमाडौं । सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख १७ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १६ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि कात्तिक ११ गते छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार ११:४६