लामो समयपछि सेयर बजारमा हरियाली, कारोबार रकम दुई महिनापछि दुई अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लामो समयपछि सेयर बजारमा हरियाली, कारोबार रकम दुई महिनापछि दुई अर्ब नाघ्यो



काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज बजार ४५.७५ अंक बढेर १९०७.९५ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक बढेको छ।

आज नेप्सेमा २९४ कम्पनीको दुई अर्ब एक करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा दुई महिनापछि दुई अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। यस अघि असोज ९ गते कारोबार रकम दुई अर्ब नाघेको थियो।

बैंकिङ समूहको उपसूचक २१.७८, विकास बैंक ९५.६६, वित्त ६३.६७, होटल ९०.२०, जीवन बीमा ४४९.८६, उत्पादन तथा प्रशोधन १५३.९७, माइक्रोफाइनान्स ६७.३२, निर्जीबन बीमा समूहको उपसूचक ३५८.८१ अंकले बढेको छ ।

आज छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। साथै, आज इन्फीनिटी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १० मंसिर २०८०, आईतवार १५:५७