दोलखा । बैतेश्वर गाउँपालिका-५ मा केन्द्रीय कार्यालय रहेको जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर) दाखिला गरेबापत सम्मानित भएको छ।
बिहीबार आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को अवसरमा संस्थालाई सम्मान गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ। करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो।
सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन।
Comment